रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न सरकारको निर्देशन
भूकम्प प्रभावितहको उद्धार र रातहको सहजताका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एयरलाइन्स र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको हुन्।
काठमाडौं, कात्तिक १८ : सरकारले रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ।
बारेकोट केन्द्र भएर गएराति भएको भूकम्प प्रभावितहको उद्धार र रातहको सहजताका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एयरलाइन्स र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको हुन्।
प्रधानमन्त्रीले अन्य क्षेत्रको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएका छन्।
रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु छन् । तर जाजरकोटमा एयरपोर्ट भए पनि सन्चालनमा छैन।
जाजरकोट जिल्ला र चौरजहारी नजिक भएकाले चौरजहारी एयरपोर्टबाट जाजरकोटमा पनि सेवा पुर्याउन सकिने सरकारको विश्वास छ।
यसैगरी सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एयरलाइन्सलाई स्ट्याण्डबाई रहन निर्देशन दिइएको जानकारी दिए ।
प्रधानमन्त्री दाहाल बिहानै नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरमार्फत् रुकुम प्रस्थान गरेका छन्।











