भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पमा सिंहको मृत्यु भएको हो।
जाजरकोट, कात्तिक १७ : जाजरकोटक बारेकोट केन्द्र भएर शुक्रबार मध्यराति भएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पमा सिंहको मृत्यु भएको हो।
उनी कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन्।
प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











