Kathmandu Press

जाजरकोट भूकम्प अपटेड : ८० जनाको मृत्यु, १४० बढी घाइते

प्रहरीका अनुसार जाजरकोटमा ४४ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ। सो भूकम्पमा १४० भन्दा बढी घाइते भएको बताइएको छ।
जाजरकोट भूकम्प अपटेड : ८० जनाको मृत्यु, १४० बढी घाइते

जाजरकोट, कात्तिक १८ : जाजरकोटको बारेकोट केन्द्र भएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी अहिलेसम्म ८० जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जाजरकोटमा ४४ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ। सो भूकम्पमा १४० भन्दा बढी घाइते भएको बताइएको छ।

जाजरकोटाको भेरी नगरपालिकामा ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकामा ७ र छेडागाड नगरपालिकाका १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मात्रै २८ जनाको ज्यान भएको छ भने सानीभेरी गाउँपालिकामा ८ जनाले ज्यान गुमाएका छन्।

भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते हुँदा रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्। रुकुम पश्चिममा घाइते भएका ९ जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ। उनीहरु हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ।

भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ।

प्रकाशित मिति: ०७:४१ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्