Kathmandu Press

स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित जाजारकोट प्रस्थान

प्रधानमन्त्री दाहाल नेपाली सेनाको १६ जनाको स्वास्थ्यकर्मीको टोलीसहित शनिबार बिहानै भूकम्प प्रभावित जिल्ला जाजरकोट लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित जाजारकोट प्रस्थान

काठमाडौं, कात्तिक १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन्।

प्रधानमन्त्री दाहाल नेपाली सेनाको १६ जनाको स्वास्थ्यकर्मीको टोलीसहित शनिबार बिहानै भूकम्प प्रभावित जिल्ला जाजरकोट लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसँगै पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि जाजरकोट गएका छन्।

बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पमा परी ६२ जनाको मृत्यु भइसकेको छ भने ठूलो धनजनको क्षति भएको छ।

भूकम्पबाट जाजगरकोटाको नलगाड नगरपालिका र रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको बताइएको छ।

प्रकाशित मिति: ०७:२९ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्