Kathmandu Press

भूकम्प परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुग्याे : प्रहरी

रातिको समय भएकाले यकिन विवरण संकलनमा कठिनाइ भइरहेको जनाइएकाे छ।
भूकम्प परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुग्याे : प्रहरी

जाजरकोट, कात्तिक १८ : शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्प परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

कर्णाली प्रदेश प्रहरीका अनुसार अद्यावधिक सूचनाअनुसार  ३६ जनाको मृत्यु छ भने ४६ जना घाइते भएका छन्। भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

उद्धारका लागि ६० जनाको उद्धार टोली परिचालन गरिएको बताइएकाे छ। रातिको समय भएकाले यकिन विवरण संकलनमा कठिनाइ भइरहेको जनाइएकाे छ। हालसम्म प्राप्त   सूचनामा जाजरकोट र रुकुम पश्चिममामा सबैभन्दा धेरै क्षति भएको छ।

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ।

 

प्रकाशित मिति: ०५:५९ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्