सरकारको विरोधमा युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, कात्तिक १७ : सरकारको कामकारवाही जनमुखी नभएको भन्दै राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।
जनता मूल्यबृद्धि, कालाबजारीबाट आक्रान्त हुदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो।

सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धरासयी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि एउटा पनि राम्रो काम पनि गर्न नसकेको संगठनको आरोप छ।
विरोध प्रदर्शनपछि युवा संघका अध्यक्ष क्षितिज थेबेले सरकारले देश र जनताका लागि कुनै काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए। जनजिविकाका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नदेखाएकाले सरकार विरुद्ध प्रदर्शन गर्नुपरेको उनको भनाई छ।

उनले सरकारमा रहेकाले व्यापारिसंग साठगाँठ गरेर उपभोग्य बस्तुमा कृत्रिम अभाव भएको र मूल्यबृद्धि भएको आरोप लगाए।



















