Kathmandu Press

एमाले कोशी सरकारबाट बाहिरिने

मुख्यमन्त्रीको सो निर्णय लगत्तै एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको दुगधिन्त गठबन्धनमा एमाले संलग्न नहुने बताएका छन्।
एमाले कोशी सरकारबाट बाहिरिने

मोरङ, कात्तिक १७ : नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ।

एमालेको विरोधका बाबजुद मुख्यमन्त्री केदार कार्कीले माओवादी र नेकपा एसका १–१ सांसदलाई मन्त्री नियुक्त गरेपछि रूस्ट बनेकाे ऊ प्रदेश सरकारबाट बाहिरिने भएको हो।

एमालेको विरोधका बाबजुद मुख्यमन्त्री कार्कीले माओवादीका गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद जगेबुलाई शुक्रबार साँझ मन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्रीको सो निर्णय लगत्तै एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको दुगधिन्त गठबन्धनमा एमाले संलग्न नहुने बताएका छन्। उनले मुख्यमन्त्रीले कुनै सल्लाह नै नगरी मन्त्री नियुक्त गरेको बताए।

यसअघि नै एमालेले कांग्रेस बाहेक अन्य दलहरुलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिएको थियो। तर, उसले सरबारबाट बाहिरिने र समर्थन फिर्ता लिने औपचारिक निर्णय भने गरिसकेको छैन।

वर्तमान सरकारमा एमालेका रामबहादुर राना मन्त्री छन्। कांग्रेस सांसद कार्की एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका थिए।

प्रकाशित मिति: १९:१६ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्