Kathmandu Press

संविधान र संघीयता विरोधी तत्वविरुद्ध लाग्न देउवाद्वारा कार्यकर्तालाई निर्देशन

आगामी निर्वाचनमा पनि कांग्रेसलाई ठूलो दल बनाउने घोषणा गर्दै देउवाले कार्यकर्तालाईपनि सोही अनुसार लाग्न आग्रह समेत गरे।
संविधान र संघीयता विरोधी तत्वविरुद्ध लाग्न देउवाद्वारा कार्यकर्तालाई निर्देशन

बागलुङ, कात्तिक १७ : कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र संघीयता विरोधी तत्वविरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।

शुक्रबार कांग्रेस बागलुङ जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो निर्देसन दिएका हुन्।

देउवाले संविधान विरोधी तत्वलाई ठेगान लगाउन कांग्रेस कार्यकर्ता एकगठ हुनुपर्ने समेत बताए। उनले पछिल्लो समय आइरहेका अफवाह प्रति विश्वास नगर्न समेत कार्यक्रकर्तालाई भने ।

‘अरु कसैले जे भन्यो त्यसैमा बहकिने होइन, कांग्रेसले संविधान कार्यान्वयन गरेर छाड्छ। देशकै ठूलो दल भएको नाताले संघीयता र संविधानमा आएका समस्या समाधान गर्ने जिम्मा पनि कांग्रेसकै हो,’ जिल्ला सम्मेलनमा देउवाले भने।

देउवाले देशका प्रमुख राजनीतिक दलहरु समेत मिलेर संविधान कार्यान्वयनको एकता कायम गरेर देखाउने भनाई पनि राख । आगामी निर्वाचनमा पनि कांग्रेसलाई ठूलो दल बनाउने घोषणा गर्दै देउवाले कार्यकर्तालाईपनि सोही अनुसार लाग्न आग्रह समेत गरे।

उनले ठूलो पार्टीमा केही असन्तुष्टि हुने बताउँदै जायज माग सम्बोधन हुने भनाई पनि राखे । देउवाले आफू धेरै नबोल्ने तर काम गरेर देखाउने पनि बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले प्रशिक्षण दिने बागलुङ कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्