कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तारको तयारी
मुख्यमन्त्री कार्कीले आजै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जनालाई मन्त्री नियुक्तिको तयारी गरेका छन्।
मोरङ, कात्तिक १७ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्री कार्कीले आजै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जनालाई मन्त्री नियुक्तिको तयारी गरेका छन्। नियुक्त हुने मन्त्रीको आजै साँझ साढे ६ बजे शपथग्रहणको तयारी गरिएको जनाइएको छ।
माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमल जवेगु मन्त्री नियुक्त हुन लागेको बताइएको छ।
गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राईलाई मन्त्रीमा नियुक्त गरिसकेका छन्।
प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











