Kathmandu Press

कर्नाटकमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ नेपालीको मृत्यु 

कर्नाटक राज्यको गुलबर्गा सहरस्थित अजलपुर तलुकामा भएको सडक दुर्घटनामा ५ जनाको ज्यान गएको हो।
कर्नाटकमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ नेपालीको मृत्यु 

काठमाडौं, कात्तिक १७ : भारतको कर्नाटकमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृतक सुर्खेतको चौकुने गाउँपालिकाका– ७ का रहेको जनाइएको छ। 

कर्नाटक राज्यको गुलबर्गा सहरस्थित अजलपुर तलुकामा भएको सडक दुर्घटनामा ५ जनाको ज्यान गएको हो। दुर्घटनामा परी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र रतनकी भाई बुहारी भाइबुहारी सुस्मिता नेवारको मृत्यु भएको बताइएको छ।

बिहीबार उक्त घटना भएको थियो। उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको जनाइएको छ। 
 

प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्