Kathmandu Press

विकासे आयोजनाको ढिलाईमा प्रक्रियागत समस्या मुख्य कारण : प्रधानसेनापति शर्मा

‘जे काममा पनि प्रक्रियागत ढिलाई हुन्छ। प्रक्रियाबाट हामी बाहिर जानै सक्दैन्। बाहिर गयो भने मुद्दा मामिला हुन्छ। नेपाली सेनाले नियम कानूनको राम्रोसँग पालना गर्नुपर्छ त्यहाँ गएर जर्वजस्ती गर्न पाईदैन। यस्ता कुराले विकास र छिटो गर्नुपर्ने आयोजनालाई असर पुगिरहेको छ।’
विकासे आयोजनाको ढिलाईमा प्रक्रियागत समस्या मुख्य कारण : प्रधानसेनापति शर्मा

काठमाडौं, कात्तिक १७ : प्रधान सेनापति प्रभुराम शर्माले, प्रक्रियागत ढिलाइले विकासका आयोजनाहरु समयमा सम्पन्न गर्न कठिन भएको बताएका छन्। 

शुक्रबार मन्त्रालयलको प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली सेनाले नियम कानूनको पालना नगरी प्रक्रियाबाट बाहिर जान नमिल्ने भन्दै प्रक्रियागत ढिलाइले विकासका आयोजनाहरु समयमा सम्पन्न गर्न कठिनाइ रहेको बताए। 

उनले भने, ‘जे काममा पनि प्रक्रियागत ढिलाई हुन्छ। प्रक्रियाबाट हामी बाहिर जानै सक्दैन्। बाहिर गयो भने मुद्दा मामिला हुन्छ। नेपाली सेनाले नियम कानूनको राम्रोसँग पालना गर्नुपर्छ त्यहाँ गएर जर्वजस्ती गर्न पाईदैन। यस्ता कुराले विकास र छिटो गर्नुपर्ने आयोजनालाई असर पुगिरहेको छ।’

प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए। 

प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागीका गएका थिए। 
भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थिए। प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गरेका थिए। 
 

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्