Kathmandu Press

विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई 

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले, टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई  दिदैँ प्राप्त सफलता प्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान प्रकट गरेका छन्। 
विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई 

काठमाडौं, कात्तिक १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई  बधाई दिएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले, टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई  दिदैँ प्राप्त सफलता प्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान प्रकट गरेका छन्। 

सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई  हार्दिक बधाइ ज्ञापन गर्दछु। पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा पुगेको हो। नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो। 
 
प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्