Kathmandu Press

रिगललाई अदालतमा उपस्थित गराइयो, कारागार पठाइँदै 

जिल्ला अदालतबाट कैद सजाय भुक्तानका लागि कारागार पठाउने तयारी छ। नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदिएको थियो।
रिगललाई अदालतमा उपस्थित गराइयो, कारागार पठाइँदै 

नेपालगञ्ज, कात्तिक १७ : सर्वोच्च अदालतको विहीबारको फैसला अनुरुप रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले रिगललाई अदालतमा उपस्थित गराएको हो। 

जिल्ला अदालतबाट कैद सजाय भुक्तानका लागि कारागार पठाउने तयारी छ। नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदिएको थियो।

आदेशलगत्तै रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। अब रिगल पुरै समय जेलमा बस्नुपर्ने छ। 

संविधान दिवसको अवसरमा आममाफी दिने सरकारको निर्णयलाई कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा.कुमार चुडालको पूर्ण इजलासले रिगललाई बदर गरेको हो। रिगलमाथि खुँडा प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोग छ। 
 
प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्