पाइलट कुटाकुट प्रकरण : मन्थली विमानस्थलका प्रमुख पनि निलम्बित
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटबीच विमानस्थल परिसरमैमै कुटाकुटा गरेको विषयलाई लिएर विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बनमा गरेको हो।
काठमाडौं, कात्तिक १७ : रामेछापस्थित मन्थली विमानस्थलका प्रमुख निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटबीच विमानस्थल परिसरमैमै कुटाकुटा गरेको विषयलाई लिएर विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बनमा गरेको हो।
प्राधिकरणले यस विषयमा अनुसन्धान अगाडि बढाएको जनाएको छ। यसअघि मन्थली विमानस्थलमा कुटाकुट गर्ने तारा एयरका क्याप्टेन सन्तोष साह र सञ्जीव श्रेष्ठको उडान अनुमतिपत्र निलम्बन गरेको थियो।
बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जान लागेका अर्का क्याप्टेन श्रेष्ठबीच कुटाकुटा भएको थियो।
प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











