अन्तुमा सूर्योदय हेर्नेको भीड [फाेटाेफिचर]
कात्तिक र मंसिर महिनामा मौसम सफा हुने भएकाले उदाउँदै गरेको सूर्य अवलोकन गर्नेहरुको भीड हुने गरेको छ ।![अन्तुमा सूर्योदय हेर्नेको भीड [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/antu-1-1698987689.jpg)
इलाम, कात्तिक १७ : सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थानका रुपमा परिचित इलामको अन्तुडाँडामा यतिबेला पर्यटकहरुको चहलपहल छ । कात्तिक र मंसिर महिनामा मौसम सफा हुने भएकाले उदाउँदै गरेको सूर्य अवलोकन गर्नेहरुको भीड हुने गरेको छ ।
(12)-1698993363.jpg?timestamp=1698993374988)
यसैगरी यो मौसममा पहाडी र तराईका फाँटका साथै उत्तरतिर कन्चनजंघा हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ। कृषि कर्मबाट सुधारिएको जीवनशैलीका साथै अल्पसंख्यक लेप्चा र अन्य जनजातिहरुको संस्कृति पनि उक्त क्षेत्रमा देख्न पाइन्छ ।

भारतको दार्जिलिङसँग सीमा जोडिएको इलामको पूर्वी क्षेत्रमा पर्ने अन्तुमा पछिल्लो समय पर्यटकीय पूर्वाधारहरु व्यवस्था गरिएपछि सहज भएको छ। स्थानीय तहहरुले पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिन थालेकाले पहिलेभन्दा धेरै सुधार भएको स्थानीय सन्तोष अधिकारी बताउँछन्।
अन्तु क्षेत्रमा पोखरी र पार्कहरु पनि बनाइएका छन् । पर्यटकका लागि होमस्टे र होटलहरुको सुविधा पनि यहाँ पाइन्छ।
(5)-1698993364.jpg?timestamp=1698993387402)

सूर्योदय र प्राकृतिक दृश्यहरुको अवलोकन गर्न अन्तु र आसपास क्षेत्रमा झापा, मोरङ, सुनसरीलगायत नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि पर्यटक पुग्ने गरेका छन्।


(7)-1698993367.jpg?timestamp=1698993402110)

(7)-1698993367.jpg?timestamp=1698993413110)
(4)-1698993367.jpg?timestamp=1698993425794)

(14)-1698993364.jpg?timestamp=1698993447449)

(11)-1698993363.jpg?timestamp=1698993458473)
(8)-1698993529.jpg?timestamp=1698993529093)
(7)-1698993529.jpg?timestamp=1698993529093)











