सदनको वर्षे अधिवेशन अन्त्य
सरकारले गत असोज मसान्तमै वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसदको संयुक्त बैठकलाई संवोधन गर्ने कार्यतालिका भएपछि जारी राखिएको थियो ।
काठमाडौं, कात्तिक १६ : संघीय संसदको वर्षे अधिवेशन अन्त्य भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन आज राती १२ः०० बजेदेखि अन्त्य भएको घोषणा गरेका हुन्।
एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चालु अधिवेशनको अन्त्य हुने जानएकारी दिएका छन्।
गत वैशाख २४ गतेबाट शुरु भएको अधिवेशन बजेटसँग सम्बन्धित लगायतका अन्य केही विधेयकहरुलाई पारित गरेर अन्त्य हुन लागेको हो।
सरकारले गत असोज मसान्तमै वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसदको संयुक्त बैठकलाई संवोधन गर्ने कार्यतालिका भएपछि जारी राखिएको थियो ।
प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार