देश टाइटानिक डुबे जसरी डुबिरहेको छ : सिके राउत
‘यो देश टाइटानिक डुबे जसरी डुबिरहेको छ । यो डुबाउने अरु कोही होइन्, यसका चालकहरु नै हुन्, जसले विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन्,’ उनले भने, ‘उनीहरु आफू भने सुरक्षित रुपमा बसिरहेका छन्। जनताले यो कुरा बुझ्नुपर्छ।’
काठमाडौं, कात्तिक १६ : जनमत पार्टीका अध्यक्ष सिके राउतले देश टाइटानिक डुबे जसरी डुबिरहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश टाइटानिक डुबे जसरी डुबिरहेका भन्दै यसका चालकहरुले नै विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका बताए।
‘यो देश टाइटानिक डुबे जसरी डुबिरहेको छ । यो डुबाउने अरु कोही होइन्, यसका चालकहरु नै हुन्, जसले विदेशी इन्सोरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन्,’ उनले भने, ‘उनीहरु आफू भने सुरक्षित रुपमा बसिरहेका छन्। जनताले यो कुरा बुझ्नुपर्छ।’
सांसद राउतले सदनमा एउटै कुरा महिनौसम्म उठाँउदा पनि सरकारले यसलाई सम्बोधन गर्न नसकेको भन्दै हामीले चाहेको सांसद यही हो भन्दै प्रश्न पनि गरे।
‘यो संसद व्यवस्थाको नियोगको रुपमा छ । यो पूर्ण रुपले निस्प्रभावि हुने हो भने यसले व्यवस्थामाथि नै प्रश्न उठाउने आधारहरु छन्,’ उनले भने, ‘हामीले चाहेको संसद यस्तै हो, जहाँ मान्य ज्यूहरुले महिनौसम्म एउटै कुरा उठाएर बस्ने तर सरकारले सुन्दै नसुन्ने, हामीले खोजेको संसद यस्तै हा ? यसकारण हामी सोच्न बाध्य छौं यो संसदमा लोकतन्त्र कहाँ छ, यसको गरिमा कहाँ छ, त्यो प्रश्न गर्न म विवश छु।’
उनले सांसदहरुले गरेको कुनै निर्णय संशोधन र पारित नभएको भन्दै त्यसको निर्णय अन्ध्यारो कोठामा तीनजना नेताहरु बसेर मात्रै हुने बताए।
‘तपाईं छातीमा हात राखेर भन्नु तपाईहरुले गरेको कुन निर्णय यहाँ भएको छ, कुन संशोधन यहाँ भएको छ, के पारित हुने, कुन विधेयक पास हुने हो, कुन कुरा निर्णय हुने हो त्यो एउटा अन्ध्यारो कोठामा तीनजना नेताहरु बसेर निर्णय गर्छन्,’ उनले भने, ‘त्यो नेताहरु सार्वभौम सत्ता सम्पन्न भयो कि यो संसद भयो, यस्तै, खालको संसद चल्ने हो भने यो व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधारहरु छन्।’











