Kathmandu Press

चन्द्र भण्डारी भन्छन्– नेपालीलाई विदेशमा बिक्री गर्ने काम बन्द गर्नुपर्छ

देशको ४० अर्ब पैसा बाहिर जाँदा, भारतको सिमानामा कलेजहरु खोल्दा र विकास निर्माणका कामहरु अस्तव्यस्त हुँदा पनि कसैलाई मतलब नरहेको उनले उल्लेख गरे।
चन्द्र भण्डारी भन्छन्– नेपालीलाई विदेशमा बिक्री गर्ने काम बन्द गर्नुपर्छ

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालीहरुलाई बाहिर देशमा बिक्री गर्ने काम बन्द गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपालीहरु बाहिर जाने काम बन्द गर्नका लागि रोजगारी सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि राष्ट्रिय एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने बताए।

‘नेपालीहरुलाई बिक्री गर्ने काम बन्द गर्नुपर्छ त्यसका लागि रोजगारी सिर्जना गर्नुपर्छ। अहिले हामी किन पछाडि परेको भन्दा हाम्रो राष्ट्रिय एजेण्डा नभएर हो,’ उनले भने, ‘जबसम्म हामीसँग राष्ट्रिय एजेण्डा हुँदैन तबसम्म जोसुकै प्रधानमन्त्री भए पनि मुलुक अगाडि बढ्न सक्दैन।’

सांसद भणडारीले नयाँ दलहरुलाई स्वागत गर्दै उनीहरुलाई चुनौतीको रुपमा लिन नहुने बताए। उनले नयाँ दलहरुले प्रश्न उठाए पुराना दलले गर्व गनुएपर्ने बताए।

‘हामीले प्रतिस्पर्धा गर्ने हो, नयाँ आएका दलहरुले प्रश्न उठाए भने हामीले गर्व गर्नुपर्छ चुनौती गर्ने युवाहरु आए भनेर। अब हामीले कस्तो काम गरेर त्यसलाई ठिक ठाउँमा ल्याउने भनेर काममा प्रतिस्पर्धा गर्ने कुरा हो। व्यवहारमा प्रतिस्पर्धा गर्ने कुरा हो,’ उनले भने, ‘नयाँ राजनीति गर्ने युवाहरुलाई स्वागत छ, उनीहरुलाई हाम्रो अनुभवले जित्न सक्छ भनेर देखाउनु पर्छ।’

देशको ४० अर्ब पैसा बाहिर जाँदा, भारतको सिमानामा कलेजहरु खोल्दा र विकास निर्माणका कामहरु अस्तव्यस्त हुँदा पनि कसैलाई मतलब नरहेको उनले उल्लेख गरे।

 

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्