Kathmandu Press

नेपालगञ्जबाट पक्राउ परे रिगल

संविधान दिवसका अवसरमा राष्ट्रपतिले सरकारको सिफारिसमा दिएको कैदा माफी मिनाह सर्वोच्च अदालतले बदर गरेलगत्तै प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको हो।
नेपालगञ्जबाट पक्राउ परे रिगल

काठमाडौं, कात्तिक १६ : सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिए लगत्तै रिगल भनिने योगराज ढकाललाई पक्राउ परेका छन्।

संविधान दिवसका अवसरमा राष्ट्रपतिले सरकारको सिफारिसमा दिएको कैदा माफी मिनाह सर्वोच्च अदालतले बदर गरेलगत्तै प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको हो।

हत्यामा दोषी देखिएका रिगल १२ वर्ष सजाय माफी पाएर संविधान दिवसका दिन जेलमुक्त भएका थिए।

सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको प्रहरी स्रोतले बतायो । तर, उनको निगरानी गरिरहेको प्रहरीले आदेशलगत्तै नेपालगञ्जबाटै पक्राउ गरी पुनः कारागार चलानको तयारी गरेको छ।

हत्या गरिएका आफ्ना श्रीमान् चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषद्को सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पा मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको विशेष इजलासले बिहीबार उक्त निर्णय गरेको थियो। सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी बाँकी कैद असुल गर्न समेत परमादेश जारी गरेको थियो।

 

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्