Kathmandu Press

सरकार नागरिकको स्वास्थ्य सेवामा संवेदनशील छ : प्रधानमन्त्री

सरकारले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाएको बताउँदै उनले सहज र सरल स्वास्थ्य सेवा प्रवाह गर्न सरकार संवेदनशील रहेको अर्थ लाग्ने उल्लेख गरे।
सरकार नागरिकको स्वास्थ्य सेवामा संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हकप्रति संवेदनशील रहेको बताएका छन्।

बिहीबार बुटवलमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज)को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको जिकिर गरे।

‘वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील छ। मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शय्या निःशुल्क उपलब्ध गराइएको छ।’

सरकारले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाएको बताउँदै उनले सहज र सरल स्वास्थ्य सेवा प्रवाह गर्न सरकार संवेदनशील रहेको अर्थ लाग्ने उल्लेख गरे।

‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैयाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,’ उनले भने, ‘यस्ता धेरै काम अगाडि बढेका छन्,जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवम् सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन्।’

सन् १९८४ मा एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया’का रूपमा स्थापित गैरनाफामुलक गैरसरकारी संस्था आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको नर्सिङ्ग, फार्मेसी र एच.ए. विषयको अध्यापन सेवाले निम्न आर्थिक स्तर भएका जनताका निम्ति स्वास्थ्य सेवा दिने दाहालले अपेक्षा व्यक्त गरे।

‘मलाई विश्वास छ– यस संस्थाले स्वास्थ्य र शिक्षाका दुबै क्षेत्रमा उदाहरणीय काम गर्नेछ । यस नगरमा नमुना नर्सिङ्ग कलेज र नमुना महिला बाल अस्पतालको भूमिका पनि पूरा गर्नेछ,’ प्रधानमन्त्री दाहालले भने।

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्