Kathmandu Press

‘शीर्ष दलहरुकै कारण प्राप्त उपलब्धिप्रति खतरा देखिँदैछ’

‘प्रचण्डजी बालकोट जाने वित्तिक्कै त्यत्रो विवाद हुँदाखेरी दुईजना चै कौसीमा बसेर हात हल्लाको हैन् । फेरी उहाँ फर्केर यता चै बुढा निलकण्ठ तिर आएपछि, धुनधान विरोध त्यस्तो पनि हुन्छ?’
‘शीर्ष दलहरुकै कारण प्राप्त उपलब्धिप्रति खतरा देखिँदैछ’

काठमाडौं, कात्तिक १६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा पुग्दा राम्रो देख्ने सत्ताबाहिर बस्दा सात्तो पुत्लो जाने प्रवृतिप्रति तिखो व्यङ्ग्य गरेका छन्।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा उनले अहिलेका शीर्ष दलहरुकै कारण प्राप्त उपलब्धीप्रति खतरा पैदा हुने चिन्ता व्यक्त गरे।

‘गणतन्त्र र लोकतन्त्रप्रति कोहीबाट खतरा छ भने हामीबाटै छ । सत्तामा भएकाहरुले सबै राम्रो देख्ने, प्रतिपक्षमा पुग्ने वित्तिकै त्यसको सातो पुत्लो उड्छ । ल भन्नुस् त्यस्तो पनि हुन्छ?,’ केसीले भने, ‘प्रचण्डजी बालकोट जाने वित्तिक्कै त्यत्रो विवाद हुँदाखेरी दुईजना चै कौसीमा बसेर हात हल्लाको हैन, फेरि उहाँ फर्केर यता चै बुढानिलकण्ठ तिर आएपछि, धुनधान विरोध त्यस्तो पनि हुन्छ?’

संघीय प्रणालीमा आफ्नो विरोध नभएको बताउँदै उनले नेपालमा संघीयता जरुरी नभएको दोहो¥याए। उनले भने ‘संघीय प्रणालीप्रति मेरो विरोध होइन्, नेपालमा हुन्न भन्या हो नी । २२ करोड जनसंख्या भएको ठाउँमा एउटै मन्त्रिमण्डल । २ करोड ९० लाख जनसंख्या भएको ठाउँमा चाँहि तपाईको १ सय ३८ जना मन्त्रीहरु अनि सक्नु हुन्छ तपाईहरु पैसाले?’

उनले राजनीतिलाई पैसा कमाउने भाँडो बनाएको भन्दै चर्को असन्तुष्टि पोखे । ‘जो भान्से छ उसैले चप्काउँछ बजेट हेर्नुस् । राजनीति गर्ने भनेको पैसा कमाउन हो ? आफ्नालाई बनाउन हो ? आँफु बन्न हो?,’ उनले भने।

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्