Kathmandu Press

उपेन्द्र यादवको प्रश्न- प्रदेशलाई अधिकार र जनशक्ति नदिँदा संघीय गणतन्त्र कसरी टिक्छ?

‘प्रदेशहरुलाई अधिकार, कानून र आवश्यक जनशक्ति समेत नदिने अवस्थाले संघीय गणतन्त्र कसरी टिक्छ? कसरी संस्थागत हुन्छ भन्ने गम्भीर प्रश्न छ।’
उपेन्द्र यादवको प्रश्न- प्रदेशलाई अधिकार र जनशक्ति नदिँदा संघीय गणतन्त्र कसरी टिक्छ?

काठमाडौं, कात्तिक १६ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय गणतन्त्र संस्थागत गर्न समस्या देखिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले संविधान बनेको लामो समयपछि पनि प्रदेशलाई अधिकार, कानुन र काम गर्ने जनशक्ति दिन नसकेको भन्दै यसका कारण संघीय गणतन्त्र संस्थागत गर्न समस्या देखिएको बताए।

‘बाहिर प्रदेश, संघीयता खारेज गरौं भन्ने आजाव उठिरहेको छ। सांसदहरूले नै संघीयता खारेज गर्लान् जस्तो देखियो,’ उनले भने, ‘प्रदेशहरुलाई अधिकार, कानून र आवश्यक जनशक्ति समेत नदिने अवस्थाले संघीय गणतन्त्र कसरी टिक्छ? कसरी संस्थागत हुन्छ भन्ने गम्भीर प्रश्न छ।’

उनाले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन समेत ल्याउन नसक्नेले संघीय प्रणाली सञ्चालनमा असर देखिएको उल्लेख गरे।

यादवले सदन अवरुद्ध हुने, विजनेश नहुने प्रवितिले सरकारको कामकारवाही प्रभावकारी हुन नसकेको बताए। यादवले चुरे क्षेत्रको गिट्टी, ढुंगा निकालेर आन्तरिक प्रयोजनका लागि प्रयोग गर्न प्रतिबन्ध लगाउनुपर्ने र मधेशलाई मरुभूमिकरणबाट जोगाउन सकिने जिकिर गरे।

संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उनले सच्याउनुपर्ने बताए । समिति गठनमा ढिलाइ भएकाले संसद्को काम–कारबाही गतिशील नदेखिएको उनको भनाइ छ।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्