Kathmandu Press

संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारले पुरा नगरेको रघुजी पन्तको अरोप

सांसद पन्तले मुख्य विधेयकहरु समितिमा थन्किएर बसेको भन्दै त्यसलाई पारित गर्न भूमिका खेल्ने सरकार र सम्बन्धित मन्त्रीहरुले यसमा चासो नदेखाएको बताए।
संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारले पुरा नगरेको रघुजी पन्तको अरोप

काठमाडौं, कात्तिक १६ : नेकपा एमालेका सांसद रघुजी पन्तले संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारले पूरा नगरेको आरोप लगाएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले संसदलाई प्रभावकारी बनाउन नसकेको आरोप लगाए। ‘संसदलाई प्रभावकारी बनाउने, त्यसलाई काम दिने सरकारको दायित्व हो र प्रधानमन्त्रीको दायित्व हो । सरकारले यो दायित्व पूरा गरेन,’ उनले भने।

सांसद पन्तले मुख्य विधेयकहरु समितिमा थन्किएर बसेको भन्दै त्यसलाई पारित गर्न भूमिका खेल्ने सरकार र सम्बन्धित मन्त्रीहरुले यसमा चासो नदेखाएको बताए।

‘मुख्य विधेयकहरु समितिमा थन्किएर बसेका छन्, ती विधेयकलाई छिटो पारित गर्न पाए हुन्थ्यो भन्ने छ,’ उनले भने, ‘तर त्यसलाई पारित गर्न सरकार र सम्बन्धित मन्त्रीहरुले भूमिका निर्वाह गर्नुपर्ने हो । तर मन्त्रीहरुलाई त्यसको चासो नै छैन।’

संसदमा प्रतिपक्षले बोल्ने विषयहरु ल्याउने कुरामा कमजोरी भए आलोचना गर्न छुट भएको भन्दै कार्यान्वयन गर्ने स्थानमा सरकार भएको तर सरकारले कार्यान्वयन गर्ने काम पूरा गर्न नसकेको उनले बताए।

सरकारले सुशासन दिन सक्यो कि सकेन, जनतालाई विश्वस्त बनाउन सक्यो कि सकेन भन्ने कुराको प्रमाण पाँच महिनासम्म बजेटको कार्यान्वयन पनि गर्न नसक्दा पुष्टि भएको उनको भनाई छ ।

 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्