Kathmandu Press

विद्युत व्यापार विधेयकमाथिको संसदीय प्रतिवेदन राष्ट्रिय सभामा पेस

राईले २०८० कात्तिक १५ गते समितिको बैठकले पारित गरेको विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी प्रतिवेदन सभामा पेस गरेकी हुन्।
विद्युत व्यापार विधेयकमाथिको संसदीय प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं, कात्तिक १६ : संसदीय समितिले विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेको छ।

राष्ट्रिय सभाले विद्युतीय व्यापार विधेयक २०८० माथि दवाफर छलफलका लागि साउन ४ गते विधायन व्यवस्थापन समितिमा संशोधन प्रस्ताव सहित पठाएको विधेयक प्रतिवेदनसहित राष्ट्रिय सभामा पेस भएको हो।

समिति सभापति जयन्तीदेवी राईले त्यसयता समितिले सम्बद्ध अधिकारीसँग विभिन्न बैठकमा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी दिइन्। राईले २०८० कात्तिक १५ गते समितिको बैठकले पारित गरेको विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी प्रतिवेदन सभामा पेस गरेकी हुन्।

राष्ट्रिय सभामा प्रतिवेदन पेस गर्दै राइले भनिन्, ‘समितिमा दफावार छलफलका लागि पठाइएको विधेयकमाथि १० वटा बैठक बसेको थियो।

बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री, प्रस्तावको संशोधनकर्ताहरु, सम्बन्धित मन्त्रालयका सचिव,कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बद्ध अधिकारीहरुलगायत सरोकारवालको उपस्थिति रहेको थियो।

विधेयकमाथि विभिन्न चरणमा समितिमा भएको औपचारीक र अनौपचारिक छलफलपछि प्रतिवेदन तयार पारिएको हो।

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्