Kathmandu Press

शीर्ष दललाई रविको प्रश्न– सत्ता स्वार्थको लागि मात्रै मिल्ने ?

‘अन्तराष्ट्रिय मानव अधिकार मान्यता अनुसार पीडितको न्यायलाई मध्यनजर राखेर यसलाई टुङ्ग्याउन कसैले रोकेको छैन् । रोकेको छ त केवल तपाईहरुको नियतले,’ उनले भने।
शीर्ष दललाई रविको प्रश्न– सत्ता स्वार्थको लागि मात्रै मिल्ने ?

काठमाडौं, कात्तिक १६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले शीर्ष दलका नेताहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै सत्ता स्वार्थका लागि मिल्नेहरुले शान्ति प्रक्रियालाई पूर्णता दिने र पीडितलाई न्याय दिने काममा मिल्न कस्ले रोक्यो भन्ने प्रश्न उठाए।

‘शान्ति प्रक्रियाको कुरा चल्यो, सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरु बिना सर्त एक ठाउँमा उभिएको हामीले देखेका छौं। कोशीको कुरा हेर्दा त सबै दलहरु एकै ठाउँमा उभिएका छन्,’ ‘महागठबन्धन भएको छ । आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने पीडितलाई न्याए दिने शान्तिप्रक्रियामा चाँही के ले रोक्यो तपाईहरुलाई ? कस्ले रोक्यो कहाँ रोक्यो, हामी नयाँ दलले?’

त्यस्तै उनले शीर्ष दलका नेता मुलुकको हितका लागि चिन्तित नरहेको टिप्पणी गरे।

‘आज हामी संविधान र व्यवस्था जोगाईराखेका र्छौं कि आफ्ना मानीसहरु जोगाई राखेका छौं छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘यदि व्यवस्था जोगाई राखेको थियौं भने साँच्ची नै संविधान मुलुक र जनताको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मानीसलाई कसरी छुटाउने अनुसन्धानमा आफ्ना मान्छेलाई कसरी बचाउँने भन्ने कुराको चिन्ता हुने थिएन हामीलाई व्यवस्था जोगाउनु छैन्, आफ्ना मान्छे जोगाउनु छ।’

उनले सफा नियतका साथ देश हितमा काम गर्न नेताहरुलाई सुझाव दिए। राम्रो काममा साथ दिन आफ्नो पार्टी तयार रहेको उनको तर्क गरे।

‘अन्तराष्ट्रिय मानव अधिकार मान्यता अनुसार पीडितको न्यायलाई मध्यनजर राखेर यसलाई टुङ्ग्याउन कसैले रोकेको छैन् । रोकेको छ त केवल तपाईहरुको नियतले,’ उनले भने, ‘नियत सफा गर्नुहोस् । हामी नयाँ दलका रुपमा आएका छौं ।  हामी प्रक्रियागत रुपमा पीडितका पक्षमा रहेर  यसलाई टुङग्याउन कहाँ सघाउनु पर्छ हामी तयार छौं।’

 

प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्