शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्गिन्छ : उपमहासचिव पुन
‘आफ्नो सरकारले त्यही गर्छ तर त्यही कुरा अर्को सरकारले गर्दा किन फरक दृष्टिकोण हुन्छ ? संस्थागत दृष्टिकोण बनाउने हाम्रो संस्कृति बनेन । बजारमा के बिक्छ,’ उनले भने।
काठमाडौं, कात्तिक १६ : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्गिने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्यायसम्बन्धी कामममा अन्तर्राट्रिय समर्थन रहने उद्घोष भइसकेको भन्दै चाँडै शान्ति प्रक्रिया टुङ्गो लाग्ने बताएका हुन्।
‘शान्ति प्रक्रियाका बाँकी काम सङक्रमणकालीन न्याय सम्बन्धी काममा हामी अगाडि बढेका छौं। त्यसमा अन्तर्राट्रिय समर्थन रहने उद्घोष भएको छ। बचनबद्धता भएको छ,’ उनले भने, ‘त्यसमा सबै पक्ष एक ठाउँमा आउँदै गरेका छौं । यो खुसीको कुरा हो।’
उनले सामाजिक सञ्जालमा ट्रेन्डिङ्मा आउने र प्रचार हुने कुरा मात्र बोल्ने प्रवृत्ति बढेकाले इतिहासलाई बिर्सिदिने जस्ता गतिविधि बढ्दै गएको टिप्पणी गरे।
‘आफ्नो सरकारले त्यही गर्छ तर त्यही कुरा अर्को सरकारले गर्दा किन फरक दृष्टिकोण हुन्छ ? संस्थागत दृष्टिकोण बनाउने हाम्रो संस्कृति बनेन । बजारमा के बिक्छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा ट्रेन्डिङमा आउन के प्रचार हुन्छ, त्यस्ता कुरा बोल्ने, इतिहासलाई बिर्सिदिने भइरहेको छ।’











