Kathmandu Press

फागुन १ काे सार्वजनिक बिदा संसदबाट पारित गराउन सरकारलाई एमालेकाे चुनौती

‘सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्छ । त्यसको परीक्षण गर्न सरकार तयार छ?’
फागुन १ काे सार्वजनिक बिदा संसदबाट पारित गराउन सरकारलाई एमालेकाे चुनौती

काठमाडौं, कात्तिक १६ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय संसदबाट पारित हुनुपर्ने बताएका छन्।

संसदबाट पारित नगरी फागुन १ मा सार्वजनिक विदा दिन नपाइने भनाई पौडेलको छ । सरकारले ‘जनयुद्ध दिवश’ का नाममा विदा दिन गरेको नर्णय फिर्ता लिनुपर्ने भनाई पौडेलको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले यस्तो भनाई राखेका हुन् । उनले संसदमा बोल्दै भने, ‘सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्छ । त्यसको परीक्षण गर्न सरकार तयार छ?’

सरकारको निर्णय गलत भएकाले पछि हट्न उनको माग छ । ‘यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस्,’ पौडेलले भने। फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको र त्यस दिन उत्सवको दिन हुन नसक्ने भनाई पौडेलको थियो ।

उनले भने, ‘त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो । हिंसाको बाटो गलत थियो भनेर साथीहरु शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु।’

 

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्