Kathmandu Press

माओवादीले भन्यो- १२ बुँदेका पक्षधरहरु एक ठाउँमा उभिने सहमति भइसकेको छ

हिजो पनि प्रधानमन्त्री अन्य दलका शीर्ष नेताबीच भेटवार्ता भएको जानकारी दिँदै उनले शीर्ष नेताबीच भएको सहमतिकै आधारमै आज संसदको वर्षे अधिवेशन अन्त्य गर्न लागिएको र अर्को अधिवेशनमा संक्रमणकालिन न्याय निरुपण सम्बन्धि विधेयक पेश गर्ने सहमति भएको बताए।
माओवादीले भन्यो- १२ बुँदेका पक्षधरहरु एक ठाउँमा उभिने सहमति भइसकेको छ

काठमाडौं, कात्तिक १६ : नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियाका बाँकी कामले छिट्टै पूर्णता पाउने दाबी गरेको छ।

बिहिबार पेरिसडाँडामा आयोजित विशेष पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले शान्ति प्रक्रिया पुरा गर्ने विषयमा राजीतिक दलहरुबीच न्यूनतम सहमति बनेको दाबी गरे।
 
संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रणका क्रममा समेत यो विषय उठेको भन्दै उनले अब त्यसबारे दलहरुबीच न्यूनतम साझा धारणा बन्ने क्रममा रहेको जिकिर गरे।

हिजो पनि प्रधानमन्त्री अन्य दलका शीर्ष नेताबीच भेटवार्ता भएको जानकारी दिँदै उनले शीर्ष नेताबीच भएको सहमतिकै आधारमै आज संसदको वर्षे अधिवेशन अन्त्य गर्न लागिएको र अर्को अधिवेशनमा संक्रमणकालिन न्याय निरुपण सम्बन्धि विधेयक पेश गर्ने सहमति भएको बताए।

‘हिजो बिहानमात्रै पनि प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता र संसदको सबैभन्दा ठुलो दलका नेताबीच छलफल भएको छ,’ उनले भने, ‘भेटमा के सहमति भएको छ त भन्दा खेरी १२ बुदेँका पक्षधरहरु, अग्रगमनका पक्षधरहरु, परिर्वतनका पक्षधरहरु बीचमा समिक्षासहितको बैठक बस्नु पर्छ त्यो बैठकले हाम्रा कमि कमजोरी कहाँ भए त्यसको समिक्षा गर्ने।’

अर्को प्रसंगमा उनले अहिले सबैदलको प्रयासमा प्राप्त भएका लोकतन्त्र, संघीयता र संविधानलगायत उपलब्धी  मास्ने प्रयास भइरहेको भन्दै त्यसलाई जोगाउन यसका पक्षधरहरु एक ठाउँमा उभिने बताए।

‘इतिहासको चक्का कहिले पछाडि फर्किन सक्दैन् । यो अगाडि बढ्यो बढ्यो,’ उनले भने ‘मुलक अराजकता तिर जाने खतरा छ, तर लोकतन्त्रको विकल्प छैन, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो।’

प्रवक्ता सापकोटाले पार्टी सडकमा उत्रिने भन्ने कुरा पार्टीको रुपमान्तरण प्रक्रिया भएको जिकिर गरे। उनले भने ‘जनतामा जाने र जनताको सिर्जनशीलतालाई परिचालन गर्ने कुरा नयाँ कुरा होइन्।’

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्