Kathmandu Press

सदनको प्रभावकारितामा एमालेको प्रश्न

‘सदन किन प्रभावकारी हुन सकेन, यो सदनको काम कारवाही प्रभावकारी हुन नसक्नुमा मुख्य रुपले सरकार जिम्मेवार छ, सरकारको दृष्टिकोण जिम्मेवार छ, सरकारका गतिविधिहरु जिम्मेवार छन्,’ उनले भने।
सदनको प्रभावकारितामा एमालेको प्रश्न

काठमाडौं, कात्तिक १६ : नेकपा एमाले उपमहासचिव तथा सांसद विष्णु पौडेलले सदनको प्रभावकारीमाथि प्रश्न उठाएका छन्।

बिहिबारको प्रतिनिधिसभामा उनले के कस्ता काम गर्ने भनेर समिक्षा गर्नु पर्नेमा सदनको प्रभावकारीता कसैको प्राथमिकतामा नपरेको गुनासो गरे।

‘चालु अधिवेशनको समापनको अवस्थामा छौ । हामीले यो समयमा के कस्ता कामहरु गरेका छौँ भनेर समिक्षा गर्ने समय हो। संसदको प्रभावकारिता धेरै महत्वपूर्ण विषय हो,’ उनले भने ‘यो विगतको उपलब्धिको रक्षाको लागि र नेपालको सुन्दर भविष्य निर्माणका लागि, संविधानको प्रभावकारी कार्यान्वयनका लागि यो सदनको प्रभावकारिता एउटा पूर्व सर्त हो।’

सदनबाट मुलुकले प्राप्त गर्नु पर्ने उपलब्धी हासिल हुन नसकेको उनको भनाई छ। ‘यो सदन जति प्रभावकारी हुनुपर्ने हो, त्यो भएन । यो सदनबाट मुलुकले जस्तो परिणाम प्राप्त गर्नुपर्ने हो, त्यो प्राप्त गर्न सकेन्।’

सदन प्रभावकारी हुन नसक्नुमा सरकार जिम्मेवार रहेको उनको आरोप छ। ‘सदन किन प्रभावकारी हुन सकेन, यो सदनको काम कारवाही प्रभावकारी हुन नसक्नुमा मुख्य रुपले सरकार जिम्मेवार छ, सरकारको दृष्टिकोण जिम्मेवार छ, सरकारका गतिविधिहरु जिम्मेवार छन्,’ उनले भने।

उनले सदन प्रतिपक्षीको हो भन्ने मान्यता भए पनि प्रतिपक्षी सदनमा उभिएर बोल्दा सत्ताले सुनेर मात्र बसेको बताए। सदनमा उठेका आवाज सरकारले सुनेर मात्र बसेको बताउँदै सदनको आवाज सरकारले सम्बोधन गर्छ भन्ने आवास दिनुपर्ने बताए।

‘सदनमा भन्नका लागि सुनाउँनका लागि, मागहरु मन्जुर गर्ने स्थानमा सरकारलाई पु¥याउँनका लागि प्रतिपक्षले आवाज मात्रै उठाएर पुगेन, त्यसका लागि दबाब दिनुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने।

पौडेलले सरकार संविधानले अपेक्षा गरेका, निर्देश गरेका कानूनहरु निमार्ण गरेर जनतालाई संविधानको प्रभावकारी कार्यान्वयनका लागि अगाडि बढ्न नचाहेको बताए।

 

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्