Kathmandu Press

मुक्त कमैयालाई आवासको व्यवस्था गरियोस् : सांसद श्रेष्ठ

उनले टिकापुर र लम्किचुहाँका मुक्त कमैयाहरुले चुनावमा लालपूर्जा दिलाई दिन्छु भनेर जितेका तीनै तहका सरकारका जनप्रतिनिधिहरुलाई चुनावको समयमा बोलेको र बोकेको एजेण्डा पूरा गर्न पनि आग्रह गरेकी छिन्।
मुक्त कमैयालाई आवासको व्यवस्था गरियोस् : सांसद श्रेष्ठ

काठमाडौं, कात्तिक १६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कमैया प्रथा अन्त्य भइसक्दा पनि मुक्त कमैयाहरुको लागि आवासको उचित व्यवस्था हुन नसकेको बताइकी छिन्।

बिहिबारको प्रतिनिधि सभामा उनले मुक्त कमैयाहरुको लागि आवासको व्यवस्था गर्ने कर्तव्यबाट सरकार विमुख भएको बताइन्।

सरकार आवासको हकको लागि लालपूर्जा नै बाड्नुपर्छ भन्ने भाष्यबाट माथि उठ्नु पर्ने उनको भनाइ छ।

‘कमैया प्रथा अन्त्य भएको धेरै समय भईसक्दा पनि मुक्त कमैयाहरुको लागि आवासको उचित व्यवस्था हुन सकेको छैन्,’ उनले भने, ‘आवासको हकको लागि लालपूर्जा नै बाड्नुपर्छ भन्ने लोक रिजाईको भाष्यबाट माथि उठ्ने हो भने मुक्त कमैयाहरुको लागि गनुपर्ने काम कर्तव्य यो सरकारले निभाएको छैन् । त्यसको लागि म जोडदार माग गर्दछु।’

उनले टिकापुर र लम्किचुहाँका मुक्त कमैयाहरुले चुनावमा लालपूर्जा दिलाई दिन्छु भनेर जितेका तीनै तहका सरकारका जनप्रतिनिधिहरुलाई चुनावको समयमा बोलेको र बोकेको एजेण्डा पूरा गर्न पनि आग्रह गरेकी छिन्।

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्