कांग्रेस सांसद गौतमद्वारा संसदमा मौन विरोध
आज बसेको प्रतिनिधि सभा वैठकमा सांसद गौतमले आफूले पटक–पटक उठाएका मागको सम्बोधन नभएको भन्दै मौन विरोध जनाएका हुन । गौतमले आजको शून्य समयमा एक मिनेट उभिएर मौन विरोध जनाएका हुन् ।
काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जय कुमार गौतमले संसदमा मौन विरोध जनाएका छन्
आज बसेको प्रतिनिधि सभा वैठकमा सांसद गौतमले आफूले पटक–पटक उठाएका मागको सम्बोधन नभएको भन्दै मौन विरोध जनाएका हुन । गौतमले आजको शून्य समयमा एक मिनेट उभिएर मौन विरोध जनाएका हुन् ।
सांसद गौतमले बर्दियाको जब्दीघाट पुल र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रममा सरकारको उदासिनता रहेको भन्दै उक्त पुल निर्माणका लागि भन्दै गत जेठ गते आमरण अनसन बसेका थिए ।
गौतम अनसनमा रहेका बेला केन्द्रीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले माग सम्बोधन गर्ने आश्वासन दिएपछि अनशन तोडेका थिए । तर, २०८०।८१ को बजेटमा उक्त पुलका लागि बजेट समावेश भएपनि अहिलेसम्म कार्यान्वन अगाडी वढेको छैन् भने न्यून बजेट छुटाईएको भन्दै आफूले संघर्ष जारी राख्ने गौतमले काठमाडौं प्रेससँग बताए ।
यसअघि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लुगा नै खोलेर संसदमा बिरोध जनाएका थिए । पछिल्लो समय देशको नीति निर्माण तहमै रहेका सांसदहरुले नै आफ्ना माग सम्बोधन गर्न संसदमै संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।











