Kathmandu Press

संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्ने सरकारको निर्णय

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताए ।
संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं, कात्तिक १६ : सरकारले आज बिहीवार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताए । उनका अनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।

उनले भने, ‘मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र नागरिकलाई दुःख दिने खालको र मूल्यभन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’

बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ । 

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्