Kathmandu Press

संसद अधिवेशन आजै अन्त्य गर्ने तयारी 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो ।
संसद अधिवेशन आजै अन्त्य गर्ने तयारी 

काठमाडौं, कात्तिक १६ : संघीय संसद्को जारी हिउँदे अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक भ्रमणका अवसरमा उनले संसद्को संयुक्त सदनलाई सम्वोधन गर्नेप्रयोजनका लागि मात्र अधिवेशन बोलाईएको थियो । तर संसद सचिवालयले अधिवेशन बोलाउनुअघि पालना गर्नुपर्ने परम्परागत औपचारिकता भने पूरा गरेको थिए।

यो राजनीतिक सहमतिमा गरिएको निर्णय भएकाले कुनै पनि दलले यसमाथि प्रश्न उठाएनन्। 

अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने लगायतका कार्यसूची तय हुन्छ । जुन विषय बिहीबार बिहान ११ बजेका लागि बोलाईएकोप्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा परेका छन् ।

तर, सरकारबाट आज अधिवेशन अन्त्य गर्ने विषयमा आधिकारिक जानकारी भने प्राप्त नभएको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ । आजको सम्भावित कार्यसूचीमा शीर्ष नेताले सम्बोधन गर्ने विषय पनि परेको छ ।

प्रकाशित मिति: ०९:०२ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्