राष्ट्रियसभा बैठक : विद्युत् व्यापार विधेयकको प्रतिवेदन पेस हुने
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिलसिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।
काठमाडौं, कात्तिक १६ : संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिलसिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।
बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सबन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार