Kathmandu Press

सहमतिका आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ : अध्यक्ष ओली

‘हामीबीच कहाँ कहाँ कमीकमजोरी रहेका छन् । ती कुरा निकाल्दा चाडपर्वको गरिमामा प्रतिकूल असर पर्छ,’ उनले भने।
सहमतिका आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ : अध्यक्ष ओली

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन्।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले शान्ति प्रक्रिया पीडितलाई केन्द्रमा राखेर तथा सर्वोच्च अदालतको आदेशलाई मानेर टुङ्ग्याउनुपर्नेमा जोड दिए।

‘शान्ति प्रक्रियाका सम्बन्धमा अन्तर्राष्ट्रिय मानवअधिकार काउन्सिलले भनेका कुरालाई पनि ध्यान दिनुपर्दछ,’ उनले भने, ‘खासगरी पीडितलाई न्याय दिनुपर्दछ।”

अध्यक्ष ओलीले चाडपर्वका समयमा राजनीतिकरुपमा कुनै पनि टीकाटिप्पणी गर्न नहुने बताए । ‘हामीबीच कहाँ कहाँ कमीकमजोरी रहेका छन् । ती कुरा निकाल्दा चाडपर्वको गरिमामा प्रतिकूल असर पर्छ,’ उनले भने।

चाडपर्व परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको उल्लेख गर्दै उनले विभिन्न सन्दर्भले चाडपर्वलाई पुष्टि गरेको बताए।

 

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्