Kathmandu Press

सबै दलहरुलाई एकैठाउँ ल्याउन पहल गरिरहेको छु : प्रधानमन्त्री

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफूले दलहरूलाई एकै ठाउँमा ल्याउनपहल गरिरहेको भन्दै यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले पार्टीहरूबीच समझदारी बनाउन राम्रो वातावरण बनेको बताए।
सबै दलहरुलाई एकैठाउँ ल्याउन पहल गरिरहेको छु : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरुलाई एकैठाउँमा ल्याउन पहल गरिरहेको बताएका छन्।

बुधबार एमालेले पार्टी मुख्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफूले दलहरूलाई एकै ठाउँमा ल्याउनपहल गरिरहेको भन्दै यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले पार्टीहरूबीच समझदारी बनाउन राम्रो वातावरण बनेको बताए।

‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु ।आज बिहानको बैठक पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ,’ उनले भने, ‘अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।’

उनले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता सकारात्मक भएको भन्दै शान्ति प्रक्रिया चाँडै टुंगिने बताए।

उनले पिडितहरुलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तराष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गर्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउने जिकिर गरे।

 

प्रकाशित मिति: १८:०० बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्