Kathmandu Press

सबै समुदायको वास्तविक प्रतिनिधित्व हुनुपर्छ : लामिछाने

संविधानको धारा ८४ को उपधारा २ मा भएको व्यवस्थाअनुसार जनसंख्याको आधारमा ती सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
सबै समुदायको वास्तविक प्रतिनिधित्व हुनुपर्छ : लामिछाने

काठमाडौं, कात्तिक १५ : प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रवि लामिछानेले जनसंख्याका आधारमा महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्।

आज समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

संविधानको धारा ८४ को उपधारा २ मा भएको व्यवस्थाअनुसार जनसंख्याको आधारमा ती सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

यस्ता विषयमा ठोस छलफल गरी सरकारलाई निर्देशन दिनुपर्ने भन्दै लामिछानेले त्यसैअनुसार निर्णय हुनुपर्ने अन्यथा हाजिर गर्ने जाने चलन राम्रो नभएको बताए।

संविधानले व्यवस्था गरेअनुसार वास्तविक प्रतिनिधित्व हुनुपर्ने तर लक्षित समुदायबाहेक अरुले प्रतिनिधित्व गरेर आफ्नो स्वार्थ पूरा गर्ने काम हुनु नहुने उनको भनाइ छ।

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्