रिगलको माफी मिनाहा प्रकरणमा बिहीबार फैसला
सरकारी वकिल, प्रतिवादी र निवेदकहरुले जवाफी बहस सकिएसँगै फैसलाका लागि बिहीबारका लागि समय तोकिएको हो।
काठमाडौं, कात्तिक १५ : सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल ढकाललाई दिइएको माफीविरुद्ध पीडित परिवारका तर्फबाट दायर रिटमा सुनुवाई सकिएको छ।
उक्त रिटमाथि बुधबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो। सरकारी वकिल, प्रतिवादी र निवेदकहरुले जवाफी बहस सकिएसँगै फैसलाका लागि बिहीबारका लागि समय तोकिएको हो।
मृतक चेतना मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगलको माफी मिनाहाविरुद्ध रिट दायर गरेकी हुन् । सरकारको बचाउमा मंगलबार महान्यायाधिवक्ता डा.दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले वहस गरेका थिए।
जघन्य अपराधमा सजाय पाएका व्यक्तिको कैद मिनाहा गर्ने सरकारको निर्णय र राष्ट्रपतिको कदम संविधान र कानुनविपरित रहेको बताउँदै मृतक पत्नी भारतीले पुनः कैद सजायका लागि रिट दायर गरेकी थिइन्।











