Kathmandu Press

एमालेको चियापनमा प्रधानमन्त्री दाहाल र सभापति देउवासहित शीर्ष नेताहरु सहभागी

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए।
एमालेको चियापनमा प्रधानमन्त्री दाहाल र सभापति देउवासहित शीर्ष नेताहरु सहभागी

काठमाडौं, कात्तिक १५ : बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागी भएका छन्।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए।

यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समावजवादीका नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी भए।

एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो।

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्