लागुऔषध कारोबारी समात्न गोठाटारमा प्रहरीले चलायो गोली
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चलाएको गोली लागेका व्यक्ति भारतको पश्चिम बंगालका मोहम्मद करिम रहेको जनाइएको छ।
काठमाडौं, कात्तिक १५ : लागुऔषध कारोबारी समात्न काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ।
प्हरीले गोली हानेर दुईजनालाई नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चलाएको गोली लागेका व्यक्ति भारतको पश्चिम बंगालका मोहम्मद करिम रहेको जनाइएको छ।
प्रहरीले झापाका हर्क लिम्बूलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्ति लागुऔषध कारोबारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:२२ बजे, बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











