Kathmandu Press

एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्माविरुद्ध पनि जाहेरी

प्रहरीमा दर्ता भएको जाहेरीमा जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न माग छ।
एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्माविरुद्ध पनि जाहेरी

काठमाडौं, कात्तिक १५ : गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले समानान्तर कमिटीका अध्यक्ष आरके शर्माविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालयमा दुई पक्षबीच भएको झडपका विषयमा केसी पनि जाहेरी दिन प्रहरी कार्यालय पुगेका हुन्।

प्रहरीमा दर्ता भएको जाहेरीमा जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न माग छ।

समानान्तर कमिटीका अध्यक्ष शर्मा पक्षले पनि केसी समुहले कुटपिट गरेको भन्दै यसअघ नै प्रहरीमा उजुरी दिइसकेको छ । केसीले दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

काठमाडौंमा सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा बद्री केसीलाई विजयी घोषणा गरिएको थियो । शर्मा समुहले मतदानमा धाँधली गरिएको आरोप लगाउँदै समानान्तर कमिटी गठन गरेको छ।

नवनिर्वाचित अध्यक्ष केसीलाई बधाई दिन पुगेका एमाले नेता महेश बस्नेतको कार्यक्रममा आरके शर्माको समूहले हुलहुज्जत गरेको आरोप जाहेरीमा केसी पक्षले लगाएको छ। कार्यलयमा प्रवेश गरी जीउ ज्यान र सम्पत्तिमा नोक्सानी पु¥याउन खोजिएको दाबी गरिएको छ। 

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्