डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बाजेद विजयी, नेपालका शम्भुप्रसाद आचार्य पराजित
भारतको नयाँदिल्लीमा सम्पन्न निबर्वाचनमा बंगलादेशकी बाजेद चयन भएकी हुन्।
काठमाडौं, कात्तिक १५ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद विजयी भएकी छन्।
भारतको नयाँदिल्लीमा सम्पन्न निबर्वाचनमा बंगलादेशकी बाजेद चयन भएकी हुन्। विजयी बाजेद बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी हुन्। उनले आगामी फेब्रुअरी १ बाट कार्यभार सम्हाल्ने छिन्।
उक्त पदका लागि नेपालका डा. शम्भुप्रसाद आचार्य पनि प्रतिश्पर्धामा थिए। हाल डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशक भारतकी पुनम क्षेत्रपाल सिंह छन्।
डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, श्रीलंका, भुटान, भारत, उत्तर कोरिया, टिमोर लिस्टे, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, माल्दिभ्स र म्यानमार सदस्य छन्।
निर्वाचनमा जित्नको लागि नेपालको लागि ६ भोटको आवश्यकता थियो । जित्नको लागि नेपालले कम्तीमा पनि पाँच राष्ट्रलाई आफ्नो पक्षमा ल्याउनुपर्ने थियो।











