Kathmandu Press

पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन आवश्यक : राष्ट्रपति पौडेल

‘हाम्रो पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायलाई सुझाव दिन चाहन्छु,’ उनले भने।
पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं, कात्तिक १५ : राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धन गर्न आवश्यक रहेको भन्दै थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायलाई सुझाव दिए।

‘हाम्रो पर्यटकीय पर्वतारोहणको विकास र प्रवर्द्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायलाई सुझाव दिन चाहन्छु,’ उनले भने।

उनले नेपालको पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पुर्याएको योगदानलाई बिर्सन नसक्ने बताए।

‘हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पुर्याएको योगदानलाई बिर्सन सक्दैनौं,’ उनले भने, ‘नेपाल सरकारले हिमालको आरोहणमा दिएको जिम्मेवारी यस संघले सफलतापूर्वक पूरा गरेको छ।’

राष्ट्रपति पौडेलले औपचारिक रुपमा आरोहणका लागि खुल्ला गरिएको नेपालमा अनगिन्ती हिमालहरुको उपयुक्त विकास र प्रवर्द्धन गर्न नेपाल सरकारलाई सुझाव दिए।

‘नेपालमा अनगिन्ती हिमालहरु छन्। जुन औपचारिक रुपमा आरोहणका लागि खुल्ला गरिएका छन्। त्यसको विकास गर्न आवश्यक छ,’ उनले भने, ‘यस कार्यका लागि नेपाल पर्वतारोहण राम्रो साझेदारी हुन सक्छ। त्यसैले नेपाल सरकारलाई ती हिमालहरुको उपयुक्त विकास र प्रवर्द्धन गर्न पनि सुझाव दिन्छु।’

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्