Kathmandu Press

राष्ट्रियसभाको रिक्त पदमा माघको दोस्रो साता निर्वाचन गर्न आयोगको प्रस्ताव

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रस्ताव गरेका हुन्।
राष्ट्रियसभाको रिक्त पदमा माघको दोस्रो साता निर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौं, कात्तिक १५ : राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघको दोस्रो साता निर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रस्ताव गरेका हुन्।

थपलियाले समितिमा आगामी माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको बताए । थपलियाले प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन् । कानुनतः सदस्य रिक्त हुनुभन्दा एकमहिना अघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्