Kathmandu Press

आज पाँच संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभाका तीन, राष्ट्रिय सभाको एक र संयुक्त समितिको एक गरी पाँच समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ।
आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं, कात्तिक १५ : आज संघीय संसदका पाँच समितिका बैठक बस्दैछन्।

प्रतिनिधिसभाका तीन, राष्ट्रिय सभाको एक र संयुक्त समितिको एक गरी पाँच समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ।
 
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ।

यस्तै, प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र संसदीय सुनुवाइ समितिको पनि बैठक आजै बस्दैछ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४ औं बैठक बिहान ११ः३० बजे बोलाइएको छ।  बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी बिषयका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक आज पनि बस्दै छ। ११ बजे बस्ने बैठकले विभिन्न स्थानका बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमा समितिले गरेको अध्ययन र मंगलबारको छलफललाई निरन्तरता दिने बताइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ। सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकले निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो।

 

प्रकाशित मिति: १०:४० बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्