Kathmandu Press

राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै

नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । 
राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै

काठमाडौं, कात्तिक १५ : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए । 

नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । 

नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए ।  

प्रकाशित मिति: ०७:३५ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्