नक्कली कागजात बनाएर नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न प्रहरी जवान पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो।
काठमाडौं, कात्तिक १४ : नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो।
प्रहरीले यही प्रकरणमा उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरेको थियो। आशिषकै बयानका आधारमा प्रहरीले जीवनलाई पक्राउ गरेको हो।
आशिषले ५ लाख रुपैयाँ लिएर भिजिट भिसामा एक व्यक्तिलाई पठाउन लागेका थिए । त्यसका लागि उनले प्लस टुको सर्टिफिकेट नक्कली बनाइदिएका थिए।
नक्कली शैक्षिक प्रमाणको आधारमा रकम असुली गरेर विदेश पठाउन खोजेको विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।
तामाङले सेटिङमा जाने व्यक्तिहरुलाई विमानस्थलको जाँच पार गराउन भूमिका खेल्ने गरेको आरोप छ।











