Kathmandu Press

बाह्य शक्तिका कारण हामी पछाडि पर्यौं : अध्यक्ष ओली

‘हामी पछाडि पर्यौं । बाह्य शक्तिहरुले हामीलाई पछाडि पारे । शासनको स्वार्थको कारणले आन्तरिक शासक तत्वहरुले हामीलाई र जनतालाई पछाडि पारेका हुन्,’ उनले भने।
बाह्य शक्तिका कारण हामी पछाडि पर्यौं : अध्यक्ष ओली

काठमाडौं, कात्तिक १४ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले बाह्य शक्तिले आफूहरुलाई पछाडि पारेको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा सुष्मा राजभण्डारीको १९औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले शासनको स्वार्थको कारण आन्तरिक शासक तत्वहरुले पछाडि पारेको बताए।

‘हामी पछाडि पर्यौं । बाह्य शक्तिहरुले हामीलाई पछाडि पारे । शासनको स्वार्थको कारणले आन्तरिक शासक तत्वहरुले हामीलाई र जनतालाई पछाडि पारेका हुन्,’ उनले भने।

उनले कला संस्कृति साहित्य, राष्ट्रिय चासोको विषय नभई दरबारको मनोरञ्जनको सीमित विषय बनेकाले देश पछाडि परेको पनि बताए।

‘विगतमा कला संस्कृति, साहित्य दरबारको मनोरञ्जनको सीमित विषयबन्यो आम जनताको विषय बनेन, राष्ट्रको विषय बनेन, राष्ट्रिय चासोको विषय बनेन । त्यसकारण पनि हामी पछाडि पर्यौं,’ ओलीले भने।

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्