Kathmandu Press

एनआरएन कार्यालयमा तनाव, फोटो खिच्न खोज्दा पत्रकार शर्मामाथि हातपात

एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यक्रम भइरहेका बेला त्यहाँ पुगेका पत्रकारले फोटो खिच्न थालेपछि विवाद भएको र फोटो डिलेट गर्न भनेपछि युवासंघका कार्यकर्ताले हातपात गरेको पत्रकार ओम शर्माले बताए।
एनआरएन कार्यालयमा तनाव, फोटो खिच्न खोज्दा पत्रकार शर्मामाथि हातपात

काठमाडौं, कात्तिक १४ : गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तनाव भएको छ।

एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यक्रम भइरहेका बेला त्यहाँ पुगेका पत्रकारले फोटो खिच्न थालेपछि विवाद भएको र फोटो डिलेट गर्न भनेपछि युवासंघका कार्यकर्ताले हातपात गरेको पत्रकार ओम शर्माले बताए।

पत्रकार शर्माको मुखमा चोट लागेको छ। चारदिशा डटकमका सम्पादक समेत रहेका पत्रकार शर्मा पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष हुन्।

नेपाल न्युज बंैकसंग उनले भने, ‘म त्यहाँको कार्यक्रमबारे जानकारी लिन पुग्दा फोटो नखिच्न भन्दै आक्रमण भएको हो। म कुनै पनि पक्षको मान्छे होइन् ।’

उनले आफुले आफूमाथि आक्रमण गर्नेमाथि कारबाहीको मागगर्दै जाहेरी दिन दरबार मार्ग प्रहरी कार्यालय पुगेको जानकारी दिए।

कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला आर के शर्मासहितको टोली पुगेपछि विवाद र हातपात भएको बद्री केसी समुहले बताएको छ।

पराजित पक्षले वाईसिएल कार्यकर्ताको सहयोगमा केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको दाबी छ। पराजित पक्षले भने युवासंघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन्।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्