Kathmandu Press

सर्राफको हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्धमा दरार

पूर्वशिक्षिका पछिल्लो समय अर्कै व्यक्तिसँग प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दोस्रो प्रेमीसँग मिलेर योजनाबद्ध ढंगले सर्राफको हत्या गरिएको छ।
सर्राफको हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्धमा दरार

विरगञ्ज, कात्तिक, १४ : बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्याको कारण प्रेम सम्वन्ध रहेको प्रारम्भिक निश्कर्ष प्रहरीले निकालेको छ।

प्रहरीका अनुसार सर्राफ बाल एकता स्कुलकी एक जना पूर्वशिक्षिकासँग प्रेम सम्बन्धमा रहेको र विवाद उत्पन्न भएपछि हत्याको योजना बनेको थियो। प्रहरीले प्रेम सम्बन्धमा रहेही स्कुलकी ती पूर्वशिक्षिकालाई पनि पक्राउ गरी रिहासतमा लिएको छ।

पूर्वशिक्षिका पछिल्लो समय अर्कै व्यक्तिसँग प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दोस्रो प्रेमीसँग मिलेर योजनाबद्ध ढंगले सर्राफको हत्या गरिएको छ।

हत्या प्ररकणमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। खाजा लिएर मोटरसाइकलमा फर्किँदै गरेका शिक्षकलाई गोली हानेर आक्रमणकारी नेपाल भार सीमा क्षेत्रतिर भागेका थिए।

आक्रमणमा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ। सोमबार दिउँसो सर्राफको हत्या भएको थियो । खासा बोकेर एकता स्कुल नजिक पुग्ने बेला सर्राफलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरावन्दी गर्दै गोली हानेर भागेका थिए।

सर्राफलाई ५ वटा गोली लागेको प्रहरीले जनाएको छ। यसअघि पनि स्वर्णकारमाथि आक्रमणको प्रयास भए पनि विफल भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्